शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नविलको बैंकको नाफामा छलाङ, सेयरधनीलाई लाभांश कति?

सोमबार, कात्तिक १५ २०७८
नविलको बैंकको नाफामा छलाङ, सेयरधनीलाई लाभांश कति?

नविल बैंकले तीन महिनामै १ अर्ब ११ करोड नाफा कमाएको छ । जुन नाफा गत वर्ष यहिँ अवधिको तुलनामा ७.३९ प्रतिशत बढी हो।

काठमाडौं- नविल बैंकले तीन महिनामै १ अर्ब ११ करोड नाफा कमाएको छ। यो नाफा गत वर्ष यहि अवधिको तुलनामा ७.३९ प्रतिशत बढी हो। गत वर्षको पहिलो तीन महिनामा १ अर्ब ३ करोड नाफा कमाएको थियो।

बैंकको अन्य सूचकांक पनि सकारात्मक रहेका छन्। प्रतिसेयर आम्दानी ३२.१४ रुपैयाँ रहेको बैंकले २ खर्ब २५ अर्ब निक्षेप संकलन गरेको छ। गत वर्ष २ खर्ब ७० लाख निक्षेप संकलन गरेको थियो। चुक्तपुँजी १३ अर्ब ८४ करोड रहेको बैंकको रिजर्भमा २० अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

सेयरधनीलाई गत वर्षको लाभांश घोषाणा नगरेको बैंकले २५ देखि ३० प्रतिशत लाभांश दिने क्षमता बनाएको छ। लाभांश आकर्षक दिने आशामा लगानी कर्ताहरु नविल बैंकका केही साता यता झुम्मिएका छन्।

Screenshot_20211031-200215.jpg


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०१:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend