बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

३ अर्ब लगानीमा चोभारमा साहसिक पर्यटकीय प्रोडक्ट बन्जीसहितको संरचना बन्ने

आइतबार, वैशाख ३१ २०८०
३ अर्ब लगानीमा चोभारमा साहसिक पर्यटकीय प्रोडक्ट बन्जीसहितको संरचना बन्ने

काठमाडौं- काठमाडौं कीर्तिपुर-६ चोभारमा ३ अर्ब रूपैयाँको लगानीमा साहसिक पर्यटकीय प्रोडक्टसहितको होटल बन्ने भएको छ। होटलसहित अन्य संरचना निर्माणका लागि जेबी एडभेन्चर प्राली उद्योग विभागमा दर्ता भएको छ। 

प्रालिले तीन अर्ब रूपैयाँको लगानीमा ४६ बेडको होटलसहितको संरचना बनाउने गरी उद्योग विभागमा दर्ता गराएको छ। होटलमा ६० सिट क्षमताको रेष्टुँरासमेत निर्माण हुने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।

दर्ता विवरणमा वार्षिक ५० हजारलाई बन्जी जम्प गराउने, ७० हजारलाई जिपलाइन गराउने, ७० हजारलाई नै स्विङ गराउने, ७० हजारलाई स्काई वाक तथा ग्लास ब्रिजको सेवा दिने, ७० हजारलाई नै स्काई साइकलिङ गराउने, ४० हजारलाई रकक्लाइमिङ गराउने र १ लाख बालबालिकालाई फनपार्कभित्रको मनोरञ्जन गराउने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागको दर्ता विवरणमा १ सय ५० जनालाई रोजगारीको अवसर दिने उल्लेख छ। सतप्रतिशत नै नेपाली लगानी रहने उद्योगमा ५ सय केभीए बिजुली खपत हुनेसमेत दर्ता विवरणमा उल्लेख छ।


प्रकाशित : आइतबार, वैशाख ३१ २०८०१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend