शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

महानिर्देशक भएको एक साता नहुँदै क्षेत्रीले गरे विमानस्थल प्रमुख तिवारीको सरुवा

आइतबार, कात्तिक १४ २०७८
महानिर्देशक भएको एक साता नहुँदै क्षेत्रीले गरे विमानस्थल प्रमुख तिवारीको सरुवा

काठमाडौं- नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले विमानस्थल प्रमुख परिवर्तन गरेका छन्।

क्षेत्रीले महानिर्देशक भएकाे एकसाता नहुँदै विमानस्थल प्रमुख प्रतापबाबु तिवारीकाे सरूवा गरेका हुन्।

क्षेत्रीले तिवारीलाई तालिम केन्द्रमा सरूवा गर्दै विभागकै उपमहानिर्देशक भाेला गुरागाईलाई विमानस्थल प्रमुख बनाएका हुन्।

तिवारीले पिसिआर परीक्षणमा बढी रकम असुलीमा सहयाेग गरेकाे भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेकाे निर्देशनमा सरूवा गरेकाे बुझिएकाे छ। तिवारी विरूद्ध भष्ट्रचार गरेकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा समेत उजुरी परेकाे थियाे।

विमानस्थल प्रमुख भएका गुरागाईं फागुन २७ गते स्वतः अवकाशमा जाँदै छन्।


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend