बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजार निरन्तर ओरालोमा, नीतिगत साथ खोजिरहेका छन् लगानीकर्ता

आइतबार, वैशाख ३१ २०८०
सेयर बजार निरन्तर ओरालोमा, नीतिगत साथ खोजिरहेका छन् लगानीकर्ता

काठमाडौं- पुँजी बजार लगातार कमजोर स्थितिमा देखिएको छ। निरन्तर घटिरहेको बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिर नै देखिएको छ। सेयर बजारबाट लगानीकर्ताले एक वर्षमा ६ अर्बभन्दा धेरै गुमाइसक्दा लगानीकर्ताले विश्वस्त हुने आधार भेटिरहेका छैनन्।

आइतबार १६.६९ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको छ। ४० कम्पनीको सेयर मूल्य बढेको बजारमा ९० करोड रूपैयाँको कारोबार भएको छ। 

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहँदा बजारको अवस्था सुधारोन्मुख देखिँदैन। पुँजी बजार सुधारका लागि सरकारी प्रयास देखिइरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 

सरकारले आगामी दिनमा लिने नीतिको पर्खाइमा लगानीकर्ता रहेका छन्। सरकारले नयाँ नीतिमार्फत बजारलाई सहज हुने व्यवस्था गरिदिनुपर्ने आवाज संगठित लगानीकर्ताहरूले उठाइरहेका छन्।





प्रकाशित : आइतबार, वैशाख ३१ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend