आइतबार, वैशाख ३० गते २०८१    
images
images

बैंकहरुको ब्याजदर सार्वजनिक : निक्षेपको स्थिर हुँदा घट्यो ऋणको ब्याजदर

images
images
images
बैंकहरुको ब्याजदर सार्वजनिक : निक्षेपको स्थिर हुँदा घट्यो ऋणको ब्याजदर

नेपाल राष्ट्र बैंकको नियमअनुसार वैशाख मसान्तका दिन बैंक तथा वित्तीय संस्थाहरुले जेठको ब्याजदर प्रकाशित गरेका हुन्।

images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले जेठमा पुरानै ब्याजदरलाई निरन्तरता दिएर सार्वजनिक गरेका छन्। जेठ १ गतेबाट लागु हुने ब्याजदरमा पुरानै दरलाई निरन्तरता दिएका हुन्। नेपाल बैंकर्स संघले पनि जेठ महिनामा बचतको ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको थियो। 

images
images
images

वाणिज्य बैंकहरुले साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत राखेका छन्। बचतको ब्याजदर ५.४ देखि ७ प्रतिशतसम्म कायम गरेका छन्। केही बैंकले बचतको सबै ब्याजदर ७ प्रतिशत पनि कायम गरेका छन्।

images

नेपाल बैंकर्स संघको अध्यक्ष सुनिल केसीले निक्षेपको ब्याजदर स्थिर भएपनि ऋणको ब्याजदर घटेको बताए। ‘अहिले ऋणीहरुलाई राहत हुँदै गएको छ, ब्याजदर आफै घट्दै जाने विषय हो,’ केसीले भने। संसार भर ब्याजदर बढेको समयमा नेपालमा फरक नहुने तर भिन्नता खोज्दा समस्या आएको समेत अध्यक्ष केसीले बताए। 

images

नेपाल राष्ट्र बैंकको नियमअनुसार वैशाख मसान्तका दिन बैंक तथा वित्तीय संस्थाहरुले जेठको ब्याजदर प्रकाशित गरेका हुन्। नेपाल राष्ट्र बैंकले बैंक दर १ प्रतिशत बिन्दुले घटाएर साढे ७ प्रतिशतमा झारेको छ। शुक्रबार जारी मौद्रिक समीक्षाले बैंक दर घटाउने घोषणा गरेको हो। यसले बैंकहरुलाई ब्याज कम गर्न संकेत गर्छ।

images
images

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरुले ब्याजदर बढाएका थिए। गत माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो।

निक्षेपको स्थिर भए पनि जेठमा वाणिज्य बैंकहरुले ऋणको ब्याजदर भने घटाएर सार्वजनिक गरेका छन्। राष्ट्र बैंकको गत साता जारी भएको निर्देशनसँगै ऋणको ब्याजदर जेठ १ देखि नै घटाएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने नियमसँगै जेठबाटै बैंकहरूले ऋणको ब्याजदर घटाएका हुन्।   

‘इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको थियो।

बैंकहरूले गत वैशाख १ गतेदेखि लागु हुनेगरी मुद्दतीको ब्याजदर ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झारेका थिए। निक्षेपको ब्याज घटे पनि ऋणको घट्नका लागि साउन १ कुर्नुपर्ने थियो। जेठ १ देखि १.५० प्रतिशतसम्म ऋणको ब्याजदर घटेको छ। अहिले पनि बैंकहरूले १३ प्रतिशतमै आवास कर्जा दिन थालिसकेका छन्। राष्ट्र बैंकको निर्देशनले पुराना ऋणीहरूको पनि ब्याजदर घटेको छ। 

अहिले आधारदरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। चैतदेखि नै नयाँ ऋणीको ब्याजदर घट्ने थालेको भए पनि वैशाखदेखि पुराना ऋणीको ब्याजदर २ प्रतिशतसम्म घटेको थियो। अहिले पनि ऋणको ब्याजदर १५ प्रतिशत भन्दा माथि रहेको थियो। जेठ १ गते देखि विभिन्न स्किमअनुसार १० प्रतिशतदेखि १५ प्रतिशतसम्ममा ऋणको ब्याजदर सार्वजनिक गरेका छन्। 

images

प्रकाशित : आइतबार, वैशाख ३१ २०८००४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend