बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा रिजाल निर्वाचित

शनिबार, वैशाख ३० २०८०
सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा रिजाल निर्वाचित

नवननिर्वाचित अध्यक्ष रिजालले व्यवसायिक हकहित प्रवद्र्धन, ग्राहक सचेतना, कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने बताए।

काठमाडौं- नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनस्याम रिजाल निर्वाचित भएका छन्।

शनिबार सम्पन्न संघको २१ औं साधारणसभा तथा नवौं अधिवेशनले च्छोरोल्पा गोल्ड एण्ड  सिल्भर ज्वेलर्स दोलखाका प्रोपाईटर रिजाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो। 

साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।  संघको प्रथम उपाध्यक्षमा काठमाडौंका विष्णुभक्त बराईली र द्वितिय उपाध्यक्षमा धादिङका सानुबाबु बराईली निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भोजान लाम्गादेले जानकारी दिए।

महासचिवमा काठमाडौंका बाल कुमार विश्वकर्मा (सुमन), सचिवमा सुनसरीका प्रेम बहादुर विश्वकर्मा, कोषाध्यक्षमा काठमाडौंकै श्याम कुमार विश्कर्मा र सहकोषाध्यक्षमा धादिङका सुदिप रसाईली निर्वाचित भएका हुन्। 

साधारणसभाले सदस्यहरुमा दोलखाका दिपक धनुके,  रामेछापका कृष्ण गहतराज,  झापाका तिलक बहादुर विश्वकर्मा र धनकुटाका देव बहादुर विश्वकर्मालाई निर्वाचित भएको छ।

त्यस्तै काठमाडौंका नविन रसाईली, दिपेन्द्र  विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबादुर विश्वकर्मा, पम्फा श्रेष्ठ, राजिन बराईली, अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज समेत सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै सुर्य कुमार बराल र दुर्गा बिक सदस्यमा मनोनित भएका छन्। 

देशभर शाखा सञ्जाल रहेको कला व्यवसायी संघमा १ हजार भन्दा बढी सदस्य रहेका छन्। निवर्तमान अध्यक्ष केसर विश्वकर्माले नवनिर्वाचित अध्यक्षलाई शनिवार नै पदभार हस्तान्तरण गरे।

नवननिर्वाचित अध्यक्ष रिजालले व्यवसायिक हकहित प्रवद्र्धन, ग्राहक सचेतना, कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने बताए। त्यस्तै सुनचाँदीमा मूल्यअभिवृद्धि गरी निर्यातको लागि पहल गर्न सरकारसँग समन्वय गर्ने उनले बताए। 


प्रकाशित : शनिबार, वैशाख ३० २०८०१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend