शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

किन बढ्यो इसुवा खोला जलविद्युत् आयोजनाको लागत?

images
शनिबार, वैशाख ३० २०८०
images
किन बढ्यो इसुवा खोला जलविद्युत् आयोजनाको लागत?

आयोजनाको लागत ३ अर्ब ८३ करोड ६० लाख रूपैयाँबाट बढेर ५ अर्ब ३६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं- इसुवा खोला अर्धजलाशययुक्त (प्रोर क्यासकेड) जलविद्युत् आयोजनाको लागत बढ्ने भएको छ।

images
images
images

आयोजनाको विद्युत् उत्पादन बढ्ने भएपछि लागत पनि बढेको आयोजनाले जनाएको छ। उत्पादन बढ्ने भएपछि आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

images
images

प्रस्तावित जलविद्युत् आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर १ मा अवस्थित छ। यस आयोजनाको क्षमता ३७.७ मे.वा. बाट बढेर ४०.१ मे.वा. मा परिवर्तन भएको र आयोजनाको स्वीकृत संरचनाहरूमा सामान्य फेरबदल समेत भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको हो।

images
images

आयोजनाको लागत ३ अर्ब ८३ करोड ६० लाख रूपैयाँबाट बढेर ५ अर्ब ३६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको छ।

प्रस्तावित अर्धजलाशयुक्त जलविद्युत् आयोजनाको डिजाइन डिस्चार्ज १२.६ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड ३७१.७ मि. रहेको छ। यस जलविद्युत् आयोजनाको वार्षिक ऊर्जा उत्पादन २७०.२३ गिगावाट आवर (वर्षा याम-१६५.६० गिगावाट आवर, सुख्खा- १०४.६३ गिगावाट आवर) रहेको छ। यस आयोजनाको मुख्य संरचनाअन्तर्गत हेडपोन्ड, पेनस्टक पाइप, विद्युत्‌गृह, टेलरेस तथा प्रसारण लाइन लगायतका संरचनाहरू पर्दछन्।

पूरक रिपोर्ट अनुसार आयोजनाको ग्रस हेड तथा नेट हेड बढेको छ। आयोजनाको लागि पहिले प्रस्ताव गरिएको टर्वाइन तथा जेनेरेटर भन्दा बढी कार्यदक्षता भएको टर्वाइन र जेनेरेटर प्रस्ताव गरिएको छ। आयोजनाको लागि स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनभन्दा पूरकमा बढी रेटेड क्षमता भएको ट्रान्सफर्मरको प्रस्ताव गरिएको छ।

आयोजनााको पेनस्टक पाइप संरचना र विद्युत्‌गृहको निर्माण स्थलमा केही परिवर्तन गरिएकोले पहिले काटिने रूखको संख्या (१६०) भन्दा हाल काटिने रूखको संख्यामा कमि हुने रिपोर्टमा उल्लेख छ।

आयोजना संरचनाहरूको आकारमा केही परिवर्तन आएकाले सरकारी जमिन पहिलेभन्दा कम प्रयोग हुने भएको छ भने निजी जमिनको प्रयोगमा केही परिवर्तन नभएको आयोजनाले जनाएको छ।  


प्रकाशित : शनिबार, वैशाख ३० २०८०१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend