शुक्रबार, चैत १६ गते २०८०    
images
images

नारायणपुर विमानस्थलका लागि ईआईए गरिँदै

images
images
नारायणपुर विमानस्थलका लागि ईआईए गरिँदै

विमानस्थल निर्माणका लागि तीन सय ६४ हेक्टर जग्गा आवश्यक पर्ने इन्जिनियर मुरारी भण्डारीले जानकारी दिए।

images
images

तुलसीपुर- दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयारीको काम अघि बढेको छ। ईआईएका लागि यही बैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ। 

images
images
images

प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा कस्तो असर पार्छ भनी नागरिक उड्डयन प्राधिकरणले ईआईए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिए।

images

आन्तरिक उडानका लागि घोराही उपमहानगरपालिका-८ र ९ मा पर्ने नारायणपुरमा विमानस्थल निर्माणका लागि ईआईए थालिएको उनले बताए। 'तीन हजार दुई सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेसन, स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण गर्ने गरी तयारी गरिएको छ', इन्जिनियर भण्डारीले भने। उनका अनुसार विमानस्थल निर्माणका लागि तीन सय ६४ हेक्टर जग्गा आवश्यक पर्दछ। 

images
images

दाङको तुलसीपुरमा विसं २०११ सालमा विमानस्थल स्थापना भएको थियो। हाल उक्त विमानस्थलमा १९ सिटे टिवनेटर विमान मात्रै अवतरण गर्न सक्छ। अहिले यस विमानस्थलमा सात सय ५० मिटर लम्बाइ धावनमार्ग छ। उक्त धावनमार्ग विस्तारका लागि ईआईए तयार गर्न लागिएको इन्जिनियर भण्डारीको भनाइ थियो।

केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री धनबहादुर मास्कीलगायतको टोली टरिगाउँ विमानस्थलमा पुगेर केन्द्र सरकारसँग समन्वय गरी प्रदेश सरकारले विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए। रासस

images

प्रकाशित : शनिबार, वैशाख ३० २०८००७:०८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ