शनिबार, साउन १२ गते २०८१    
images
images
images

कोराना कालमै ६७ हजार पर्यटक नेपाल भित्रिए

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
कोराना कालमै ६७ हजार पर्यटक नेपाल भित्रिए
images

काठमाडौं-कोरोना कालमै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झण्डै ६७ हजार पुगेको छ। सन् २०२१ को जनवरीदेखि अगष्टसम्ममा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ६६ हजार ९ सय ६६ रहेको अध्यागमन विभागले जनाएको छ।

images
images

अध्यागमन विभागमा अनुसार पछिल्लो अगष्ट महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा झिनो सुधार आएको छ। पछिल्लो ३ महिना मे, जुन र जुलाईमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ह्वातै घटेका थियो। मे महिनादेखि नेपालमा लकडाउन भएको थियो।

images

लकडाउनसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो। जसका कारण पर्यटन आउने बाटो बन्द थियो। विस्तारै अन्तर्राष्ट्रिय उडान खुल्न थालेसँगै पर्यटकको संख्या बढेको हो।

विभागमा अनुसार अगष्ट महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ५ हजार ९ सय १७ रहेको छ। तर, मे महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ हजार ४ सय ६८ थियो भने जुनमा उक्त संख्या पनि घटेर १ हजार १ सय ४३मा झरेको थियो। यसैगरी, जुलाई महिनामा भने मे र जुन महिनाको तुलनामा उक्त संख्या बढेर २ हजार ९ सय ९१ पुगेको थियो।

images

कुन महिना कति पर्यटक नेपाल आए

विभागमा अनुसार सन् २०२१ को ८ महिनामा कुल ६६ हजार ९ सय ६६ पर्यटन नेपाल भ्रमणमा आएका छन्। जसमा सबैभन्दा बढी अप्रिलमा २२ हजार ४ सय ५० जना पर्यटन नेपाल भ्रमण आएका छन्।
यसैगरी मार्चमा १४ हजार ९ सय ७७, फेब्रुअरीमा ९ हजार १ सय ४६ जना र जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।

 

 


प्रकाशित : आइतबार, भदौ २० २०७८०४:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend