बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

शिवम् सिमेन्टको नाफा ५१.१५ प्रतिशतले घट्यो, दोस्रो बजारका लगानीकर्ता मारमा

images
शुक्रबार, वैशाख २९ २०८०
images
शिवम् सिमेन्टको नाफा ५१.१५ प्रतिशतले घट्यो, दोस्रो बजारका लगानीकर्ता मारमा
images
images

काठमाडौं- शिवम् सिमेन्टको नाफामा धक्का लागेको छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ३१ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। जुन गएको वर्ष ६५ करोड ४८ लाख रुपैयाँ थियो। यो भनेको ५१.१५ प्रतिशतको गिरावट हो।

images
images
images

गतवर्ष ७ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको शिवमले यसपाली ५ अर्ब ४५ करोड रुपैयाँको व्यापार मात्रै गर्यो। यस बाहेक होङ्शी शिवमले दिएको लाभांशबाट ३४ करोड रुपैयाँ आम्दनी गरेको छ। 

images
images

बिक्री लागत साढे १८ प्रतिशतले घटेर ४ अर्ब ३५ करोड रुपैयाँमा सिमित छ। ब्याज भुक्तानी भने ७ करोड २४ लाख रुपैयाँ नाघेको हो। पोहोर ४ करोड ५४ लाख रुपैयाँ मात्रै थियो। चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.६९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २०६.६४ रुपैयाँ कायम छ।

images
images

यता गतवर्ष देखिनै नाफा खुम्चिदाँ दोस्रो बजारका लगानीकर्ता समेत मारमा परिरहेका छन्। शिवम् सिमेन्टको सेयर मूल्य इतिहासकै सस्तो भएको छ। कम्पनीभित्र देखिएको लफडाले लगानीकर्ता धमाधम बाहिरिँदा कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। बिहीबार प्रतिकित्ता ४०० रुपैयाँमा कारोबार भएको सेयर मूल्य पछिल्लो इतिहासकै सस्तो हो। 

जबकि कम्पनीले प्रतिकित्ता ३ सय रूपैयाँमा साधारण सेयर बिक्री गरेको थियो। कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँसम्म पुगेको थियो। सेयर लगानीकर्ताहरू धमाधम सेयर बिक्री गरेर बाहिरिरहेका छन्। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। शिवमका प्रमोटर सेयर होल्डरहरूले २० लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको भन्ने चर्चा चलेपछि सर्वसाधारण लगानीकर्ता बाहिरिएको अनुमान गरिएको छ। 

प्रमोटर सेयरधनी बाहिरिएको चर्चासँगै सर्वसाधारण लगानीकर्ताले धमाधम सेयर बिक्री गरिरहेका छन्। जसका कारण उच्च कारोबारसँगै सेयर मूल्य भने न्यून बिन्दुमा आइपुगेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २९ २०८००४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend