बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजारमा सामान्य गिरावट, निरन्तर कमजोर कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २८ २०८०
सेयर बजारमा सामान्य गिरावट, निरन्तर कमजोर कारोबार

बिहीबार ३.३४ अंकले घटेर बजार १८३८.५९ बिन्दुमा झरेको छ। ५७ करोड ८८ लाख रूपैयाँको मात्रै कारोबार भएको छ।

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा सुधारको संकेत देखिएको छैन। लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 

यो साता एक दिन मात्रै सुधार देखिएको सेयर बजारमा कारोबार रकम समेत कमजोर देखिएको छ। मंगलबार १०.६६ अंकले बढेर १८४४.३६ बिन्दुमा पुगेको बजारमा त्यसयता सुधार देखिएको छैन।

बुधबार २.४३ अंकले घटेर १८४१.९३ बिन्दुमा झरेको बजारमा बिहीबार पनि गिरावट देखिएको छ। बिहीबार ३.३४ अंकले घटेर बजार १८३८.५९ बिन्दुमा झरेको बजारमा ५७ करोड ८८ लाख रूपैयाँको मात्रै कारोबार भएको छ। ६४ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ सय ३८ कम्पनीको सेयर मूल्यमा भने गिरावट देखिएको छ। 

पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ। लगानीकर्ताले एकवर्षमा ६ खर्ब १३ अर्ब रुपैयाँ गुमाएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ चैत मसान्तदेखि २०७९ चैत मसान्तसम्म ४ सय ८१ अंकले गिरावट आएको सेयर बजार अझै घट्ने क्रम जारी छ। गत वर्षको चैतमा २४१५.२५ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७९ चैत मसान्तमा १९३४.४८ कायम भएको छ।

यता बजार पुँजीकरण घटेर २८ खर्ब १३ अर्ब ५५ करोडमा आइपुगेको छ। गतवर्षको चैत मसान्तसम्म बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। यो पुँजीकरण एकवर्षमा ६ खर्ब १३ खर्बले घटेको हो। 

निरन्तर कमजोर कारोबार देखिएको बजारमा लगानीकर्ता पर्ख र हेरकै स्थितिमा देखिन्छन्। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन।


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००९:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend