बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल एयरलाइन्सले सहरी क्षेत्रबाट प्रादेशिक उडानका लागि दुईवटा जहाज किन्दै

बिहीबार , वैशाख २८ २०८०
नेपाल एयरलाइन्सले सहरी क्षेत्रबाट प्रादेशिक उडानका लागि दुईवटा जहाज किन्दै

नयाँ दुई जहाज खरिदपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत सहरी क्षेत्रबाट प्रादेशिक उडान गर्ने निगमले जनाएको छ।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सहरी एयरपोर्ट (ट्रंक रुट) मा उडान भर्नसक्ने दुईवटा जहाज खरिदका लागि वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिले २१ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी काम सुरू गरेको निगमले जनाएको छ।

सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारणले निगमले सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न नसकिरहेको अवस्थामा नयाँ दुई जहाज खरिदपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत सहरी क्षेत्रबाट प्रादेशिक उडान गर्ने निगमले जनाएको छ।

निगमले नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरेर नियमानुसार पारदर्शी रुपले जहाज खरिद गर्नेसमेत जनाएको छ। आफूहरूले सहरी क्षेत्रमा उडान भर्दा सन्तुलित हवाई भाडादर कायम गर्न पनि सहयोग पुग्ने निगमको विश्वास छ। 

 


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend