सोमबार, असोज ८ गते २०८०    

नेपाल एयरलाइन्सले सहरी क्षेत्रबाट प्रादेशिक उडानका लागि दुईवटा जहाज किन्दै

images
नेपाल एयरलाइन्सले सहरी क्षेत्रबाट प्रादेशिक उडानका लागि दुईवटा जहाज किन्दै

नयाँ दुई जहाज खरिदपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत सहरी क्षेत्रबाट प्रादेशिक उडान गर्ने निगमले जनाएको छ।

images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सहरी एयरपोर्ट (ट्रंक रुट) मा उडान भर्नसक्ने दुईवटा जहाज खरिदका लागि वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिले २१ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी काम सुरू गरेको निगमले जनाएको छ।

images

सहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारणले निगमले सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न नसकिरहेको अवस्थामा नयाँ दुई जहाज खरिदपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत सहरी क्षेत्रबाट प्रादेशिक उडान गर्ने निगमले जनाएको छ।

images

निगमले नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरेर नियमानुसार पारदर्शी रुपले जहाज खरिद गर्नेसमेत जनाएको छ। आफूहरूले सहरी क्षेत्रमा उडान भर्दा सन्तुलित हवाई भाडादर कायम गर्न पनि सहयोग पुग्ने निगमको विश्वास छ। 

images

 

images

images

प्रकाशित : बिहीबार , वैशाख २८ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ