बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ब्याज बढेसँगै एचआईडीसीएलको नाफामा उछाल, अन्य सूचक कस्तो?

बिहीबार , वैशाख २८ २०८०
ब्याज बढेसँगै एचआईडीसीएलको नाफामा उछाल, अन्य सूचक कस्तो?

काठमाडौं- हाइड्रोइलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) को नाफा ४६.३७ प्रतिशत वृद्धि भएको छ। बैंकहरुले ब्याज बढाएसँगै एचआडिसीएलको नाफा बढेको छ। 

गत आवको चैतसम्म ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कामाएको कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब नाफा गरेको हो। कम्पनीको नाफा मुख्यतया ब्याज आम्दानी बढेको हो। 

कम्पनीले ८ अर्ब ६४ करोड रुपैयाँ उर्जा उत्पादन गर्ने कम्पनीहरुमा कर्जा लगानी पनि गरेको छ। यस बाहेक चैतसम्म कम्पनीको १२ अर्ब ४० करोड रुपैयाँमा बैंकको मुद्दती निक्षेपमा छ। पोहोरभन्दा केही बढी पनि छ। त्यस्तै, ४८ करोड ४२ लाख रुपैयाँ नगद मौज्दात मात्रै हो।

जस बापत नौ महिना मै एक अर्ब ५६ करोड रुपैयाँ ब्याज आम्दानी आर्जन गरेको छ। जुन पोहोरभन्दा ४४.४४ प्रतिशत बढी हो। सँगै सेयर र बन्डहरुमा गरेको लगानीले एक करोड ३३ लाख रुपैयाँ लाभांश दिएको छ। २ अर्ब १२ करोड रुपैयाँ बराबरको कम्पनीसँग सेयरहरु छन्।  एक अर्ब रुपैयाँ कम्पनीले सहायक कम्पनीहरुमा लगानी गरेको छ।

कम्पनीसँग ऋणको दायित्व नहुँदा पनि नाफामा उल्लेख्य टेवा मिलेको छ। सँगसँगै कर्मचारी सेवा सुविधा पनि पोहोरभन्दा ३८.१६ प्रतिशत बढेको छ। सञ्चालन खर्चमा पनि वृद्धि देखिन्छ। २१ अर्ब ७१ करोड चुक्ता पुँजी रहेको एचआईडीसीएलको जगेडा तथा अवितरित नाफा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ संचित छ। चैत मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ६.२१ रुपैयाँ पुगेको छ। र प्रति सेयर नेटवर्थ १०७.०२ रुपैयाँ कायम छ।

 


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend