बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एकदिनको वृद्धिपछि फेरि थामियो सेयर बजार, कारोबार रकम ५८ करोडमा सीमित

बुधबार, वैशाख २७ २०८०
एकदिनको वृद्धिपछि फेरि थामियो सेयर बजार, कारोबार रकम ५८ करोडमा सीमित

बुधबार २.४३ अंकले घटेर बजार १८४१.९३ बिन्दुमा झरेको छ। ८८ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ५८ करोड ९१ लाख रूपैयाँको मात्र कारोबार भएको छ। 

काठमाडौं- निरन्तरको गिरावटबीच मंगलबार सामान्य सुधार देखिएको सेयर बजार बुधबार पुन: उही बिन्दु वरपर थामिएको छ।

मंगलबार १०.६६ अंकले बढेर १८४४.३६ बिन्दुमा पुगेको बजारमा बुधबार पुन: गिरावट देखिएको हो।  

बुधबार २.४३ अंकले घटेर बजार १८४१.९३ बिन्दुमा झरेको छ। ८८ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ५८ करोड ९१ लाख रूपैयाँको मात्र कारोबार भएको छ। १ सय १३ कम्पनीको सेयर मूल्य घटेको बजारमा १५ कम्पनीको स्थिर रह्यो।

यो साताको पहिलो कारोबारमा आइतबार १९.१२ अंकले घटेको बजार सोमबार १६.९३ अंकले घटेको थियो। मंगलबार भने दोहोरो अंकको सुधार देखिएको बजारमा बुधबार भने कारोबार रकममा समेत भारी गिरावट देखिएको हो।

निरन्तर कमजोर कारोबार देखिएको बजारमा लगानीकर्ता पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। पुँजी बजार सुधारका लागि सरकारी प्रयास देखिइरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 


प्रकाशित : बुधबार, वैशाख २७ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend