शनिबार, वैशाख २९ गते २०८१    
images
images

उतारचढावपूर्ण सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने कमजोर

images
images
images
उतारचढावपूर्ण सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने कमजोर
images
images

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबारको कारोबारमा सुधार देखिएको छ। लगातारको ओरालो यात्राबीच बजारमा केही दिन सुधारको संकेत देखिने गरे पनि उतारचढावपूर्ण गिरावटकै निरन्तरता भइरहेको छ। 

images
images
images

यो साताको पहिलो कारोबारमा आइतबार १९.१२ अंकले घटेको बजार सोमबार १६.९३ अंकले घटेको थियो। मंगलबार भने दोहोरो अंकको सुधार देखिएको छ।

images

मंगलबार १०.६६ अंकले बढेर बजार १८४४.३६ बिन्दुमा पुगेको छ। १६१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७७ करोड ४७ लाख रूपैयाँको मात्र कारोबार भएको छ। निरन्तर कमजोर कारोबार देखिएको बजारमा लगानीकर्ता पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 

images

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। पुँजी बजार सुधारका लागि सरकारी प्रयास देखिइरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 

images
images

images

प्रकाशित : मंगलबार, वैशाख २६ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend