बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

उतारचढावपूर्ण सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने कमजोर

मंगलबार, वैशाख २६ २०८०
उतारचढावपूर्ण सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने कमजोर

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबारको कारोबारमा सुधार देखिएको छ। लगातारको ओरालो यात्राबीच बजारमा केही दिन सुधारको संकेत देखिने गरे पनि उतारचढावपूर्ण गिरावटकै निरन्तरता भइरहेको छ। 

यो साताको पहिलो कारोबारमा आइतबार १९.१२ अंकले घटेको बजार सोमबार १६.९३ अंकले घटेको थियो। मंगलबार भने दोहोरो अंकको सुधार देखिएको छ।

मंगलबार १०.६६ अंकले बढेर बजार १८४४.३६ बिन्दुमा पुगेको छ। १६१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७७ करोड ४७ लाख रूपैयाँको मात्र कारोबार भएको छ। निरन्तर कमजोर कारोबार देखिएको बजारमा लगानीकर्ता पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। पुँजी बजार सुधारका लागि सरकारी प्रयास देखिइरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend