सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै, एक दर्जनभन्दा बढी देशबाट सहभागिता हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २६ २०८०
images
लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै, एक दर्जनभन्दा बढी देशबाट सहभागिता हुने

उक्त मार्टमा देश र विदेशका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ भने उक्त मार्ट सम्पन्न गर्नका लागि १ करोड ६० लाख हाराहारीमा खर्च हुने आयोजकले जनाएको छ।

images
images

काठमाडौं- बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो।

images
images
images

‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ।

images
images

मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एशोसिएसनका प्रतिनिधि, नेसनल टुरिजम काउन्सिलका प्रतिनिधिलगायतको सहभागिता रहने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए।

images
images

लुम्बिनीको होटल पवन प्यालेसमा हुने उक्त मार्टमा नेपाल र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन र सम्भावनाबारे प्रस्तुतीकरणका साथै ‘वि टु वि’ बैठक हुने अध्यक्ष थापाले बताए। उक्त मार्टमा देश र विदेशका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ भने उक्त मार्ट सम्पन्न गर्नका लागि १ करोड ६० लाख हाराहारीमा खर्च हुने आयोजकले जनाएको छ।

तीन दिनसम्म चल्ने  मार्टको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००४:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend