सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

दुई पटकसम्म एउटै समस्या देखिएपछि श्री एयरको जहाज ग्राउन्डेड

images
सोमबार, वैशाख २५ २०८०
images
दुई पटकसम्म एउटै समस्या देखिएपछि श्री एयरको जहाज ग्राउन्डेड
फाइल तस्बिर

बारम्बार एउटै जहाजमा एकै प्रकृतिको समस्या देखिएपछि प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको हो।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन दिनको बीचमा एउटै जहाजमा एउटै समस्या देखिएको भन्दै श्री एयरको नाइन एन एएनई कलसाइन भएको डीएचसी-८-४०२ जहाजको उडानमा प्रतिबन्ध लगाएको छ।

images
images
images

सोमबार बिहान ९ बजेर ४० मिनेट जाँदा काठमाडौंबाट भैरहवाका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएको भन्दै भैरहवामा नै फर्काएर सुरक्षित अवतरण गराइएको थियो।

images
images

चालक दलका सदस्यसहित ८१ जना यात्रु बोकेको जहाज सुरक्षित अवतरण भए पनि जहाज रनवेमा नै अड्किएको थियो। गेयरमा समस्या देखिएको जहाजको नोज ह्विल लक भएपछि रनवेमा रोकिएको हो। 

images
images

नोज ल्याण्डिङ गेयरमा समस्या रनवेमा रोकिएको जहाजलाई पछि तानेर पार्किङ वेसम्म पुर्‍याइएको थियो।

शनिबार पनि धनगढी विमानस्थलमा सो जहाजमा यही समस्या देखिएको प्राधिकरणले जनाएको छ। बारम्बार एउटै जहाजमा एकै प्रकृतिको समस्या देखिएपछि प्राधिकरणले उक्त जहाज उडानमा प्रतिबन्ध लगाएको हो।


प्रकाशित : सोमबार, वैशाख २५ २०८०१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend