बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निरन्तर ओरालोमा सेयर बजार, ८२ करोडको कारोबार

सोमबार, वैशाख २५ २०८०
निरन्तर ओरालोमा सेयर बजार, ८२ करोडको कारोबार

सोमबार १६.९३ अंकले घटेर बजार १८३३. ६९ बिन्दुमा झरेको छ। ३४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८२ करोड ४२ लाख १७ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार पनि गिरावट देखिएको छ।

साताको पहिलो कारोबारमा आइतबार दोहोरो अंकको गिरावट देखिएको बजारमा सोमबार पनि सुधार देखिएन। सोमबार १६.९३ अंकले घटेर बजार १८३३. ६९ बिन्दुमा झरेको छ। ३४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८२ करोड ४२ लाख १७ हजार रूपैयाँको कारोबार भएको छ। सोमबार १८१ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको भने स्थिर रह्यो। 

गएको साताको अन्तिम कारोबारमा बिहीबार दोहोरो अंकको सुधार देखिएको बजार यो साताको सुरुवातबाटै पुन: ओरालो लागेको हो। आइतबार १९.१२ अंकले घढेर बजार १८५०.६१ बिन्दुमा झरेको थियो।

लामो समयदेखि उतारचढावमा रहेको सेयर बजार सरकार विस्तारपछि पनि उही गतिमा देखिएको छ। सरकारमा नयाँ अर्थमन्त्री आएसँगै बजारले गति समात्ने विश्वासमा रहेका लगानीकर्ताले विश्वासको वातावरण अझै भेट्न सकेका छैनन्।

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन।अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ।

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।


प्रकाशित : सोमबार, वैशाख २५ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend