बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नोज ह्विल लक भएपछि गौतम बुद्ध विमानस्थलको रनवेमै रोकियो श्री एयरको जहाज

सोमबार, वैशाख २५ २०८०
नोज ह्विल लक भएपछि गौतम बुद्ध विमानस्थलको रनवेमै रोकियो श्री एयरको जहाज

श्री एयर रनवेमा रोकिएपछि काठमाडौंबाट भैरहवाका लागि उडान गरेको यती एयरको जहाज समेत काठमाडौं नै फर्किसकेको छ।

काठमाडौं- भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाज भैरहवामा नै फर्किएर सुरक्षित अवतरण गरेको छ।

चालक दलका सदस्यसहित ८१ जना यात्रु रहेको जहाज काठमाडौंका लागि उडान भरेको थियो। उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो। करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको विमानस्थल कार्यालयका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए।  

जहाजको नोज ह्विल लक भएपछि रनवेमा रोकिएको हो। जहाजको गेयरमा समस्या देखिएपछि भैरहवामा नै फर्काएर सुरक्षित अवतरण गरिएको प्रवक्ता बज्राचार्यले बताए।

जहाज रनवेमै रोकिएका कारण उडान प्रभावित भएको छ। श्री एयर रनवेमा रोकिएपछि काठमाडौंबाट भैरहवाका लागि उडान गरेको यती एयरको जहाज समेत काठमाडौं नै फर्किसकेको छ।


प्रकाशित : सोमबार, वैशाख २५ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend