सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

नोज ह्विल लक भएपछि गौतम बुद्ध विमानस्थलको रनवेमै रोकियो श्री एयरको जहाज

images
सोमबार, वैशाख २५ २०८०
images
नोज ह्विल लक भएपछि गौतम बुद्ध विमानस्थलको रनवेमै रोकियो श्री एयरको जहाज

श्री एयर रनवेमा रोकिएपछि काठमाडौंबाट भैरहवाका लागि उडान गरेको यती एयरको जहाज समेत काठमाडौं नै फर्किसकेको छ।

images
images

काठमाडौं- भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाज भैरहवामा नै फर्किएर सुरक्षित अवतरण गरेको छ।

images
images
images

चालक दलका सदस्यसहित ८१ जना यात्रु रहेको जहाज काठमाडौंका लागि उडान भरेको थियो। उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो। करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको विमानस्थल कार्यालयका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए।  

images
images

जहाजको नोज ह्विल लक भएपछि रनवेमा रोकिएको हो। जहाजको गेयरमा समस्या देखिएपछि भैरहवामा नै फर्काएर सुरक्षित अवतरण गरिएको प्रवक्ता बज्राचार्यले बताए।

images
images

जहाज रनवेमै रोकिएका कारण उडान प्रभावित भएको छ। श्री एयर रनवेमा रोकिएपछि काठमाडौंबाट भैरहवाका लागि उडान गरेको यती एयरको जहाज समेत काठमाडौं नै फर्किसकेको छ।


प्रकाशित : सोमबार, वैशाख २५ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend