सोमबार, असोज ८ गते २०८०    

भैरहवामा अवतरण गर्न नपाएपछि यती एयरको जहाज काठमाडौं फर्कियो

images
भैरहवामा अवतरण गर्न नपाएपछि यती एयरको जहाज काठमाडौं फर्कियो

श्री एयरको जहाज रनवेमा रोकिएका कारण यतीको जहाज अवतरण गर्न नपाउँदा काठमाडौं नै फर्किएको हो।

images

काठमाडौं- काठमाडौंबाट भैरहवाका लागि उडान भरेको यती एयरको जहाज अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको छ।

images

यती एयरले अवतरणका लागि जहाज आधा घण्टा भन्दाबढी समय आकाशमै होल्ड गरेको थियो। तर श्री एयरको जहाज रनवेमा रोकिएका कारण यतीको जहाज अवतरण गर्न नपाउँदा काठमाडौं नै फर्किएको हो।

images

भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। जसका कारण यतीको जहाजले अवतरण गर्न पाएन। 

images

images

प्रकाशित : सोमबार, वैशाख २५ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ