बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भैरहवामा अवतरण गर्न नपाएपछि यती एयरको जहाज काठमाडौं फर्कियो

सोमबार, वैशाख २५ २०८०
भैरहवामा अवतरण गर्न नपाएपछि यती एयरको जहाज काठमाडौं फर्कियो

श्री एयरको जहाज रनवेमा रोकिएका कारण यतीको जहाज अवतरण गर्न नपाउँदा काठमाडौं नै फर्किएको हो।

काठमाडौं- काठमाडौंबाट भैरहवाका लागि उडान भरेको यती एयरको जहाज अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको छ।

यती एयरले अवतरणका लागि जहाज आधा घण्टा भन्दाबढी समय आकाशमै होल्ड गरेको थियो। तर श्री एयरको जहाज रनवेमा रोकिएका कारण यतीको जहाज अवतरण गर्न नपाउँदा काठमाडौं नै फर्किएको हो।

भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। जसका कारण यतीको जहाजले अवतरण गर्न पाएन। 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend