बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

गभर्नर अधिकारीले भने - विश्व अर्थव्यवस्थामा देखिएको असहजताका बीच नेपाल आर्थिक स्थायित्वमा सफल

आइतबार, वैशाख २४ २०८०
गभर्नर अधिकारीले भने - विश्व अर्थव्यवस्थामा देखिएको असहजताका बीच नेपाल आर्थिक स्थायित्वमा सफल

गभर्नर महाप्रसाद अधिकारीले विश्व अर्थव्यवस्थामा देखिएको असहजताका बीच नेपाल आर्थिक स्थायित्वमा सफल रहेको बताएका छन्।

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद पनि नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताएका छन्। 

गभर्नर अधिकारीले मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गर्दै नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता बिस्तारै कम हुँदै गएको समेत बताए।

पाकिस्तानको इस्लामावादमा आयोजित सार्कफाइनान्स गभर्नर्स ग्रुपको ४३औँ  बैठकलाई सम्बोधन गर्दै कोभिड संकटका साथै रुस-युक्रेन युद्धबाट सिर्जित भू-राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौतीका बारेमा समेत चर्चा गरेका थिए। त्यसको समाधानका लागि अवलम्बन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा समेत छलफल भएको थियो।

२०८० बैशाख १९ देखि २० गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजित बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड संकटका साथै रुस-युक्रेन युद्धबाट सिर्जित भू-राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा चुनौती देखिएको बताएका थिए।

बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो।


प्रकाशित : आइतबार, वैशाख २४ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend