बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

अर्थतन्त्रमा विश्वभर समस्या देखिएपनि नेपालले स्थायित्व कायम राख्न सफल भएको छ : गभर्नर अधिकारी 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
अर्थतन्त्रमा विश्वभर समस्या देखिएपनि नेपालले स्थायित्व कायम राख्न सफल भएको छ : गभर्नर अधिकारी 

माल्दीभ्स, पाकिस्तान र श्रीलंकका केन्द्रीय बैंकका गभर्नरहरूले पनि बैठकमा संकटका बारेमा बोलेका थिए। 

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालले विश्वव्यापी आर्थिक दबाबका बीचमा स्थायित्व कायम गर्न सफल भएको बताएका छन्। 

दक्षिय एसियाली गर्भरहरूको समूह बैठकमा बोल्दै अधिकारीले विश्वभर देखिएको असहजताका बाबजुद नेपालले समग्र आर्थिक स्थायित्व हात पार्न सफल भएको बताएका हुन्। 

नेपालको वित्तीय क्षेत्र सबल रहेको र देखिएका केही दबाबहरू खुकुलो हुँदै गएको उनको भनाइ थियो। तरलता व्यवस्थापन भएर अहिले ब्याजदर घट्ने क्रममा रहेको उनले बताएका थिए। 

माल्दीभ्स, पाकिस्तान र श्रीलंकका केन्द्रीय बैंकका गभर्नरहरूले पनि बैठकमा संकटका बारेमा बोलेका थिए। 

प्रकाशित : आइतबार, वैशाख २४ २०८००९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend