बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजारमा देखिएन सुधार, साताको पहिलो कारोबारमै गिरावट

आइतबार, वैशाख २४ २०८०
सेयर बजारमा देखिएन सुधार, साताको पहिलो कारोबारमै गिरावट

आइतबार १९.१२ अंकले घढेर बजार १८५०.६१ बिन्दुमा झरेको छ। २३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६० करोड ८१ लाख ३५ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा साताको पहिलो कारोबारमा पनि गिरावट देखिएको छ।

गएको साताको अन्तिम कारोबारमा बिहीबार दोहोरो अंकको सुधार देखिएको बजार यो साताको पहिलो कारोबारमा पुन: गिरावट देखिएको हो। आइतबार १९.१२ अंकले घढेर बजार १८५०.६१ बिन्दुमा झरेको छ। २३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६० करोड ८१ लाख ३५ हजार रूपैयाँको कारोबार भएको छ। आइतबार १८७ कम्पनीको सेयर मूल्य घटेको छ।

बिहीबार १२.७३ अंकले बढेर १८६९.७३ बिन्दुमा पुगेको थियो। आइतबार बजार पुन: ओरालो लागेको हो। 

लामो समयदेखि उतारचढावमा रहेको सेयर बजार सरकार विस्तारपछि पनि उही गतिमा देखिएको छ। सरकारमा नयाँ अर्थमन्त्री आएसँगै बजारले गति समात्ने विश्वासमा रहेका लगानीकर्ताले विश्वासको वातावरण अझै भेट्न सकेका छैनन्।

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन।अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ।

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।


प्रकाशित : आइतबार, वैशाख २४ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend