सोमबार, असोज ८ गते २०८०    

सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड

images
सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड

संखुवासभाको भोटेखोला गाउँपालिका-४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको ९ एन एजेके कलसाइनको उक्त जहाज हेलिकप्टर दुर्घटना भएको थियो।

images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइको हो।

images

प्राधिकरणले एयरसँग भएका अन्य हेलिकोप्टरको परीक्षण तथा कम्पनीको विषयमा अटिड नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको हो। एयरसँग ३ वटा हेलिकोप्टर छन्। संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना ४ जना घाइते भएका थिए भने एक जनाको निधन भएको थियो। 

images

संखुवासभाको भोटेखोला गाउँपालिका-४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको ९ एन एजेके कलसाइनको उक्त जहाज हेलिकप्टर दुर्घटना भएको थियो।

images

माथिल्लो अरुणको सामान पुर्‍याएर फर्किँदा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको थियो। दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका  थिए। 

images

images

प्रकाशित : आइतबार, वैशाख २४ २०८००९:२९

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ