बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड

आइतबार, वैशाख २४ २०८०
सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड

संखुवासभाको भोटेखोला गाउँपालिका-४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको ९ एन एजेके कलसाइनको उक्त जहाज हेलिकप्टर दुर्घटना भएको थियो।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइको हो।

प्राधिकरणले एयरसँग भएका अन्य हेलिकोप्टरको परीक्षण तथा कम्पनीको विषयमा अटिड नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको हो। एयरसँग ३ वटा हेलिकोप्टर छन्। संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना ४ जना घाइते भएका थिए भने एक जनाको निधन भएको थियो। 

संखुवासभाको भोटेखोला गाउँपालिका-४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको ९ एन एजेके कलसाइनको उक्त जहाज हेलिकप्टर दुर्घटना भएको थियो।

माथिल्लो अरुणको सामान पुर्‍याएर फर्किँदा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको थियो। दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका  थिए। 


प्रकाशित : आइतबार, वैशाख २४ २०८००३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend