बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइटमा रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ।

नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैंकले दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रूपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो। पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। बचतपत्रको ब्याज हरेक ६ महिनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

यही बैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्कासन हुनेछ। लगानीकर्ताले घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमासम्म १० हजार रूपैयाँले निशेष भाग जाने अंक बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ।

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइटमा रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सस्केछन्। लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ। यदि नखुलाइएको भए राष्ट्र बैंकले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ। यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend