शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

दक्षिण एशियामै पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने

images
images
images
दक्षिण एशियामै पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने
images
images

काठमाडाैं- नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज एशोसिएसन सह आयोजकका रुपमा रहनेछन्। 

images
images
images

दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चीनिया पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

images

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितीमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपाल स्थित चिनीयाँ दुतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस प्रकारको वोट रेस फेस्टिभल दक्षिण एशियामै पहिलो पटक आयोजना गर्न चिनीयाँ पक्षले जानकारी दिएको छ। रेसका लागि चीनबाटै आठ वटा विशेषखालका वोट सहित अन्य सहभागीहरु नेपाल आउने छन्। फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागीता गराइने छ। 

images

हस्ताक्षर कार्यक्रममा बोल्दै पोखरामा मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए। उजले यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताए।  बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए। त्रिपक्षीय सहकार्य तथा अन्य सरोकारवालाहरुको सहभागीतामा हुने यो कार्यक्रमले धेरै पर्यटकलाई आर्कषित गर्ने समेत बताए। 

images
images

चिनीयाँ दुतावासका डीसीएम वाङजिनले पोखरा चीनियाँ पर्यटकको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै यो कार्यक्रमका माध्यमबाट दुवै देशबीचको सांस्कतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए। उनले यस प्रकारको कार्यक्रम दक्षिण एशियामै पहिलो पटक आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। सो अवसरमा फुड फेस्टिवल समेत आयोजना गरिने भएको  छ।  

 

 

images

प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०११:२९

प्रतिक्रिया दिनुहोस