बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिम्रिक हेलिकप्टर दुर्घटना : घाइते चारै जनालाई काठमाडौं ल्याइयो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
सिम्रिक हेलिकप्टर दुर्घटना : घाइते चारै जनालाई काठमाडौं ल्याइयो

काठमाडौं- संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। गम्भीर घाइते भएका क्याप्टेनसहित चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

संखुवासभाको भोटेखोला गाउँपालिका-४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको ९ एन एजेके कलसाइनको उक्त जहाज हेलिकप्टर दुर्घटना भएको हो। माथिल्लो अरुणको सामान पुर्‍याएर फर्किँदा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको हो।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका हुन्। उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो।


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८०१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend