काठमाडौं- नबिल बैंकको १ लाख ५० हजार कित्ता प्रमोटर सेयर खरिद बिक्री भएको छ। बैंकको उक्त संस्थापक सेयर मूल्य प्रतिकित्ता ४ सय ७४ रूपैयाँमा खरिद बिक्री भएको हो।
बिहीबार सोही कारण कम्पनी सबैभन्दा धेरै खरिद बिक्री हुने सूचीमा समेत परेको छ। कम्पनीको ४ करोड ५० लाख रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो।
६ सय ८१ रूपैयाँसम्म पुगेको संस्थापक सेयर मूल्य अहिले घटेर ४ सय ७४ रूपैयाँमा आएको छ। कम्पनीका केही सेयर धनीले उक्त सेयर बिक्री गरेका छन्।