बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

उतारचढावपूर्ण सेयर बजारमा देखियो दोहोरो अंकको सुधार, ७३ करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
उतारचढावपूर्ण सेयर बजारमा देखियो दोहोरो अंकको सुधार, ७३ करोडको कारोबार

काठमाडौं- यो साता निरन्तर ओरालो लागेको सेयर बजारमा बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। 

बुधबार बजार ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको बजार बिहीबार १२.७३ अंकले बढेर १८६९.७३ बिन्दुमा पुगेको छ। १६२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७३ करोड २६ लाख ८९ हजार रूपैयाँको कारोबार भएको छ। ५० कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको भने स्थिर रह्यो। 

यो साता आइतबार १९.११ अंकले घटेर १८७०.६५ बिन्दुमा झरेको बजार मंगलबार ४.२७ अंकले घटेर १८६६.४० बिन्दुमा झरेको थियो। बजार निरन्तर ओरालोतिर नै देखिँदा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन।अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ।

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend