बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

जग्गा तथा आवास संघको अध्यक्षमा विदुर धमला निर्विरोध

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
जग्गा तथा आवास संघको अध्यक्षमा विदुर धमला निर्विरोध

यसैगरी कार्य समितिको ७ जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दिपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले निर्विरोध चयन भएका छन्। 

काठमाडौं- नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध भएका छन्। संघको १६ औं साधारण सभाले धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। 

अध्यक्षसहित ७ जना पदाधिकारी र ७ जना सदस्य सबै निर्विरोध निर्वाचित भएका छन्। 

नवनिर्वाचित अध्यक्ष धमलाको नेतृत्वको नयाँ कार्य समितिको अध्यक्षमा एसबी कम्पनी प्रालिका बिदुर धमला, प्रथम उपाध्यक्षमा सीडी डेभलपर्सका दिपक कुवँर, द्वितीय उपाध्यक्षमा कन्टिनेन्टल डेभलपर्सका पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सनराईज डेभलपका सुमितकुमार अग्रवाल, महासचिवमा सचिवमा इस्टेट गुरुका रोशन भोयद्यो, सचिवमा निलगिरी हाउजिङ्का गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा अधिकारी बिल्डर्सका तुलसीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन्। 

यसैगरी कार्य समितिको ७ जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दिपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले निर्विरोध चयन भएका छन्। 

उद्घाटन सत्रमा संघका निवर्तमान अध्यक्ष इच्छाबहादुर वाग्लेले आफ्नो कार्यकालमा भएको कार्य विवरण प्रस्तुत गर्दै नीति निर्माण तहमा सच्चा व्यवसायिक ब्यक्तिहरुको उपस्थिति हुन आवश्यक भएको, उद्योग व्यवसायका सम्पूर्ण वस्तुगत क्षेत्रमा नै चर्को ब्याजको प्रभावले ८०% व्यवसायीहरु प्रभावित भएको, बैंक वित्तीय प्रणालीमा अर्थ मन्त्रालयले हस्तक्षेप गरी लगानीमैत्री बैंकिङ्ग प्रणाली श्रृजना गरी दिनुपर्ने, कित्ताकाट तत्काल पूर्व अवस्थामा फर्काइनुपर्ने धारणा राखेका थिए। 

 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend