बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

९ महिनामा बीमा कम्पनीले गरे १ खर्ब ३४ अर्ब बीमा शुल्क संकलन

बीमाको पहुँच ४४ दशमलव ५५ प्रतिशत जनसंख्यामा

बिहीबार , वैशाख २१ २०८०
९ महिनामा बीमा कम्पनीले गरे १ खर्ब ३४ अर्ब बीमा शुल्क संकलन

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा संचालित कुल जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार साउन देखि चैत मसान्तसम्म उक्त बीमा शुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्षको यसै अवधिमा यी कम्पनीहरुले १ खर्ब ३१ अर्ब २४ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। गत वर्षको तुलनामा २ प्रतिशतले बीमा शुल्क संकलनमा बृद्धि भएको हो।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा कूल १ खर्ब चार अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

नेपालमा बीमाको पहुँच ४४ दशमलव ५५ प्रतिशत जनसंख्यामा पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ४४ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो पहुँच ३७ दशमलव ३५ प्रतिशत रहेको थियो।

यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्या ७१ दशमलव १२ प्रतिशतले बृद्धि भएको छ। प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बेदशिक रोजगार बीमालेख संख्या १४ लाख ५९ हजार ३१५ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमालेख ८ लाख ५२ हजार ८२७ रहेको थियो।

त्यस्तै कुल जीवन बीमालेख संख्या भने २० दशमलव १४ प्रतिशतले बृद्धि भएको छ। चैत मसान्तसम्ममा एक करोड ४१ लाख ६५ हजार ९९८ वटा पोलिसी जारी भएका छन्। गत वर्षको यसै अवधिमा यस्तो पोलिसी १ करोड १७ लाख ९१ हजार ६९८ वटा जारी भएको थियो।


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend