बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पोखराको रत्न मन्दिर जेठ १५ देखि सर्वसाधारणका लागि खुला गरिने

बुधबार, वैशाख २० २०८०
पोखराको रत्न मन्दिर जेठ १५ देखि सर्वसाधारणका लागि खुला गरिने

पोखराको रत्न मन्दिर जेठ १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

काठमाडौं- नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको पोखराको रत्न मन्दिर आम सर्वसाधारणका लागि खुला गरिने भएको छ। नेपाल ट्रष्टका बोर्ड अध्यक्ष तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यसबारे जानकारी दिएका हुन्।

पोखराको रत्न मन्दिर तथा हिमागृह अहिले पनि बन्द छ। रत्न मन्दिर तथा हिमागृह केही सयम अगाडि व्यावसायिक प्रयोजनमा समेत दिने तयारी भएको थियो। तर व्यावसायिक रुपमा दिने तयारीसँगै विरोध भएको थियो।

साथै गण्डकी प्रदेश सरकारले समेत यो ठाउँ पर्यटन विकास लगायतका कामका लागि भन्दै मागेको थियो। तर कार्यालयले अन्तत: रत्न मन्दिर चाँही जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आम सर्वसाधारणलाई खुला गर्न लागेको हो। प्रवेश शुल्कको विषयमा भने सञ्चालक समितिबाट कार्यविधि जारी गरेर तोकिने भएको छ। 

तत्कालीन राजा महेन्द्र शाहका माहिला भाइ हिमालय वीरविक्रमका नाममा पोखरामा हिमा गृह बनेको थियो। हिमालय नि:सन्तान दिवंगत भए। त्यसपछि हिमा गृह तत्कालीन राजा वीरेन्द्रको नाममा आयो। फेवा किनारमा रहेका रत्न मन्दिर र हिमा गृह तत्कालीन राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मका रोजाइको थलो थियो।

पोखरा आउँदा राजपरिवारको बास रत्न मन्दिर र हिमागृहमा हुन्थ्यो। ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ को रात रत्न मन्दिरमा बिताएका थिए। २०६२/६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दिर र हिमा गृह नेपाल ट्रष्टको नाममा आएको थियो।

 


प्रकाशित : बुधबार, वैशाख २० २०८०१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend