शनिबार, वैशाख १५ गते २०८१    
images
images

निरन्तर ओरालोमा सेयर बजार, ६२ करोड रूपैयाँको मात्र कारोबार

images
images
images
निरन्तर ओरालोमा सेयर बजार, ६२ करोड रूपैयाँको मात्र कारोबार
images
images

काठमाडौं- यो साता सेयर कारोबार निरन्तर ओरालो लागिरहेको छ। पुँजी बजार सुधारको लागि निरन्तर आवाज उठिरहँदा बजारमा कारोबार भने कमजोर हुँदै गइरहेको देखिएको छ।

images
images
images

साताको तेस्रो कारोबारमा बुधबार बजार ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको छ। ५१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६२ करोड रूपैयाँको मात्र कारोबार भएको छ। 

images

यो साता आइतबार १९.११ अंकले घटेर १८७०.६५ बिन्दुमा झरेको बजार मंगलबार ४.२७ अंकले घटेर १८६६.४० बिन्दुमा झरेको थियो। बजार निरन्तर ओरालोतिर नै देखिँदा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

images

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 

images
images

images

प्रकाशित : बुधबार, वैशाख २० २०८००९:१७

प्रतिक्रिया दिनुहोस