बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निरन्तर ओरालोमा सेयर बजार, ६२ करोड रूपैयाँको मात्र कारोबार

बुधबार, वैशाख २० २०८०
निरन्तर ओरालोमा सेयर बजार, ६२ करोड रूपैयाँको मात्र कारोबार

काठमाडौं- यो साता सेयर कारोबार निरन्तर ओरालो लागिरहेको छ। पुँजी बजार सुधारको लागि निरन्तर आवाज उठिरहँदा बजारमा कारोबार भने कमजोर हुँदै गइरहेको देखिएको छ।

साताको तेस्रो कारोबारमा बुधबार बजार ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको छ। ५१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६२ करोड रूपैयाँको मात्र कारोबार भएको छ। 

यो साता आइतबार १९.११ अंकले घटेर १८७०.६५ बिन्दुमा झरेको बजार मंगलबार ४.२७ अंकले घटेर १८६६.४० बिन्दुमा झरेको थियो। बजार निरन्तर ओरालोतिर नै देखिँदा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 


प्रकाशित : बुधबार, वैशाख २० २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend