बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजारमा निरन्तर कमजोर कारोबार

मंगलबार, वैशाख १९ २०८०
सेयर बजारमा निरन्तर कमजोर कारोबार

काठमाडौं- पुँजी बजार सुधारको लागि निरन्तर आवाज उठिरहँदा बजारमा कारोबार भने कमजोर हुँदै गइरहेको देखिएको छ। गएको साता १४.६८ अंकले घटेको बजारमा यो साताको कारोबार पनि ओरालोतिर नै देखिएको छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

यो साता आइतबार १९.११ अंकले घटेर बजार १८७०.६५ बिन्दुमा झरेको बजार मंगलबार भएको दोस्रो कारोबारमा पनि झिनो अंकले घटेको छ। मंगलबार ४.२७ अंकले घटेर बजार १८६६.४० बिन्दुमा झरेको छ। ६८ कम्पनीको सेयर मूल्य बढ्दा ६९ करोड २२ लाख रूपैयाँको मात्र कारोबार भएको छ। पछिल्ला केही महिनायता नै कारोबार रकम एक अर्बभन्दा तल नै रहँदै आएको छ। 

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। 

गएको साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेको थियो। सोमबार २.७१ अंकले बढेको बजार मंगलबार १७.३६ अंकले बढेको थियो। बुधबार १३.६८ अंकले घटेको बजार बिहीबार २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा झरेको थियो। 


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend