बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

जंगल भिल्ला रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकका लागि विशेष छुट

मंगलबार, वैशाख १९ २०८०
जंगल भिल्ला रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकका लागि विशेष छुट

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पतिहानी, चितवन स्थित जंगल भिल्ला रिसोर्ट लिमिटेडबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा,  १३९  वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend