बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

४ महिनामा आए ३ लाख २६ हजारभन्दा बढी पर्यटक, कुन महिनामा कति?

मंगलबार, वैशाख १९ २०८०
४ महिनामा आए ३ लाख २६ हजारभन्दा बढी पर्यटक, कुन महिनामा कति?

सन् २०१९ को अप्रिल महिनाको तुलनामा ९०.२८ प्रतिशतले पर्यटक आगमनको संख्या रिकभर भएको छ।

काठमाडौं- सन् २०२३ को जनवरीदेखि अप्रिलसम्म ४ महिनाको अविधिमा ३ लाख २६ हजार ५ सय २८ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। 

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई दिएको तथ्यांकअनुसार अप्रिलमा मात्रै ९८ हजार ७ सय ७३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। जसमा सबैभन्दा बढी भारतबाट ३१ हजार ४ सय ३७, अमेरिकाबाट ८ हजार ४ सय १३,तेस्रोमा बेलायतबाट ५ हजार ४ सय ९, चौथोमा चीनमा ४ हजार ७ सय ७० र पाँचौँमा अष्ट्रेलियबाट ३ हजार ८ सय २८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

सार्क राष्ट्रबाट ३५ हजार ४ सय ४३, एसियान (सार्कबाहेक) बाट १४ हजार ६ सय ५५ र युरोपबाट २४ हजार ३ सय ९३  पर्यटक नेपाल भ्रमणका आएका छन्। 

यसैगरी मार्चमा मात्रै ९९ हजार ४ सय २६ पर्यटक नेपाल भ्रमणका आएका थिए। कोभिडपछि पहिलोपटक एक महिना एक लाख पर्यटक नेपाल भ्रमणका आएका महिना पनि मार्च नै हो।

बोर्डका अनुसार सन् २०१९ को अप्रिल महिनाको तुलनामा ९०.२८ प्रतिशतले पर्यटक आगमनको संख्या रिकभर भएको छ। सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ पर्यटक नेपाल भ्रमणमा आएका थिए। 'सन् २०१९ को अप्रिल महिनाको तुलनामा अहिले ९०.२८ प्रतिशतले पर्यटक आगमनको संख्या रिकभर हुनु धेरै राम्रो हो र अब पर्यटन गतिविधि कोरोनाअघिकै झैँ चलायमान हुनेछ' नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए। 

कुन महिनामा कति?

data .jpg


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend