बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

प्रतिव्यक्ति आम्दानी १० वर्षमा ५७५ डलरमात्र बढ्यो, यो वर्ष १३९९ डलर पुग्ने

मंगलबार, वैशाख १९ २०८०
प्रतिव्यक्ति आम्दानी १० वर्षमा ५७५ डलरमात्र बढ्यो, यो वर्ष १३९९ डलर पुग्ने

काठमाडौं- नेपालीको प्रतिव्यक्ति आय १३ सय ९९ अमेरिकी डलर पुगेको छ। चालु आर्थिक वर्षको राष्ट्रिय लेखा प्रक्षेपण सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १३ सय ९९ डलर पुग्ने अनुमान गरेको छ। 

गएको आर्थिक वर्षमा नेपालीको आम्दानी १३ सय ७२ अमेरिकी डलर थियो।

गएको १० वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी ५ सय ७५ डलरमात्र बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा ८ सय २४ अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी थियो। 

गएको दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय ६९ प्रतिशतले बढेको छ। त्यस्तै बर्सेनि अ‌ौषत वृद्धिदर ६.९ प्रतिशत रहेको छ।


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend