बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

यो वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने

मंगलबार, वैशाख १९ २०८०
यो वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने

गत वर्ष आधारभूत मूल्यमा जीडीपी ५.४९ प्रतिशतले वृद्धि भएको थियो। 

काठमाडौं- चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ। उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारमूल्यमा २.१६ हुने प्रक्षेपण गरिएको हो। 

चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनको प्रक्षेपण सार्वजनिक गर्दै कार्यालयले यो वर्ष नेपाली अर्थतन्त्रको आकार उपभोक्ताको मूल्यमा ५३ खर्ब ८१ अर्ब पुग्ने प्रक्षेपण गरेको छ। 

चालु वर्षका लागि सरकारले बजेट मार्फत् ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। बजेटदेखि मौद्रिक नीतिसम्म सोही अनुसार आएपनि लक्ष्य भने हासिल नहुने भएको छ। 

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएको र अझै पनि धेरै क्षेत्रमा सुधार नभएकाले यो वर्षको वृद्धिदर खुम्चिने प्रक्षेपण कार्यलयले गरेको हो। 

चालु वर्षको पहिलो त्रैमासमा १ प्रतिशतको वृद्धिदर भएपनि दोस्रोमा भने ऋणात्मक भएको थियो। निर्माण, व्यापार तथा उत्पादमूलक क्षेत्र पछिल्ला केही त्रैमासदेखि ऋणात्मक भइरहेका छन्।

तर बाँकी दुई त्रैमासमा भने आयात प्रतिबन्ध फुकुवा भएको, बाह्य क्षेत्रको दबाब खुकुलो हुँदै गएकाले अर्थतन्त्रमा गतिविधि बढ्ने र यसल असारसम्म सुधार हुने कार्यालयको विश्वास छ। यो वर्ष कृषिको उत्पादन राम्रो भएकाले आर्थिक वृद्धिदरमा सुधार हुने कार्यालयको विश्वास छ। 

गत वर्ष आधारभूत मूल्यमा जीडीपी ५.२६ प्रतिशतले वृद्धि भएको थियो। 

 


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend