बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर मूल्य घटेको घट्यै, मर्जपछिको वित्तीय सूचक कस्तो?

मंगलबार, वैशाख १९ २०८०
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर मूल्य घटेको घट्यै, मर्जपछिको वित्तीय सूचक कस्तो?

काठमाडौं- साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्ज भएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर मूल्य लगातार घटिरहेको छ।

बैंकको दोस्रो बजारमा इतिहासकै सस्तो मूल्यमा आएको छ। आइतबार पनि केही घटेर १८२ रुपैयाँमा कारोबार भएको छ। 

bank 11111.JPG

बैंकको एकवर्ष अगाडि अधिकतम मूल्य २३२ रुपैयाँ रहेको थियो। विगतमा हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर हुने भन्दै झन्डै १० महिना दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको थियो तर मर्जर भने भाडिएको थियो। विगतमा ७ सय हाराहारी रहेको बैंकको सेयर मूल्य अहिले घटेर १८२ रुपैयाँमा आइपुगेको हो। 

मर्जपछि सूचक कस्तो?

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा ३ अर्ब ४ करोड रुपैयाँ गरेको छ। यो नाफा अघिल्लो गत वर्षको यहि अवधिको तुलनामा २२.९६ प्रतिशतले धेरै हो। गत वर्षको यहि अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।  गत वर्षको यहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ मात्र रहेको थियो।  यस्तै, बैंकको सञ्चालन नाफा ३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

यो तेश्रो त्रैमाससम्ममा बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। यो गत बर्ष यहि अवधिको तुलनमा ६६.२२ प्रतिशतले धेरै हो।

बैंकको खुद नाफा बढे पनि प्रति सेयर आम्दानी भने घटेको छ। बैंकको प्रति सेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले घटेर १५ रुपैयाँ २० पैसामा खुम्चिएको छ। गत वर्ष बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा रहेको थियो। पीई रेसियो १२.५७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६६.८८ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend