बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नयाँ स्टकसँगै ब्रोकरको लाइसेन्स प्रक्रिया पनि अघि बढ्यो, १६ कम्पनीलाई आशयपत्र

सोमबार, वैशाख १८ २०८०
नयाँ स्टकसँगै ब्रोकरको लाइसेन्स प्रक्रिया पनि अघि बढ्यो, १६ कम्पनीलाई आशयपत्र

काठमाडौं- नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको बोर्ड सञ्चालक समितिले पहिलो चरणमा १६ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने तयारी स्वरूप आशयपत्र (एलओआई) दिएको हो।

नयाँ स्टकको लाइसेन्स प्रक्रियासँगै ब्रोकर कम्पनीको पनि लाइसेन्सको प्रक्रिया सँगै अगाडि बढाएको हो। ‘पहिलो चरणमा १६ कम्पनीलाई आशयपत्र दिने निर्णय भएको हो। बोर्डले ७ वटा संस्थागत र ९ वटा व्यक्तिगत लगानीका कम्पनीलाई आशयपत्र दिएको हो।

नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी (स्टक डिलर) को लागि एलओआई पाएको छ। त्यस्तै मेघा स्टक मार्केटले फुल ब्रोकर लाइसेन्स पाएको छ। ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्स माग्दै बोर्डमा आवेदन दिएका थिए।

कुन कुनले पाए? 

loi.jpg


प्रकाशित : सोमबार, वैशाख १८ २०८००९:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend