बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

दुई लघुवित्तको पहिलो कारोबार सोमबारदेखि, ओपनिङ मूल्य कति पायो?

आइतबार, वैशाख १७ २०८०
दुई लघुवित्तको पहिलो कारोबार सोमबारदेखि, ओपनिङ मूल्य कति पायो?

आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३ सय ८० कित्ता र बीपीडब्ल्यू लघुवित्तको ३ लाख कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ।

काठमाडौं- आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको सोमबार पहिलो कारोबार हुने भएको छ। दुवै कम्पनी आइतबार नेपाल स्टक इक्सचेन्जमा सूचीकरण भएको छ।

नेप्सेले आत्मनिर्भर लघुवित्तको पहिलो कारोबारको लागि ३ सय ७१.८२ रूपैयाँ देखि १ हजार १ सय १५.४६ रूपैयाँको मूल्य रेन्ज दिएको छ भने बीपीडब्ल्यू लघुवित्तको लागि ८६.७८ रूपैयाँदेखि २ सय ६०.३४ रूपैयाँ मूल्य रेन्ज दिइएको छ।

आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३ सय ८० कित्ता र बीपीडब्ल्यू लघुवित्तको ३ लाख कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ।

प्रकाशित : आइतबार, वैशाख १७ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend