आइतबार, वैशाख ३० गते २०८१    
images
images

पुँजी बजारमा बैंक वित्तीय समूहकाे हिस्सा घट्दा हाइड्रोको बढ्दै, कुनको कति?

images
images
images
पुँजी बजारमा बैंक वित्तीय समूहकाे हिस्सा घट्दा हाइड्रोको बढ्दै, कुनको कति?
images
images

काठमाडौं- पछिल्लो समय पुँजी बजारमा हाइड्रोको हिस्सा बढ्दो छ। सोही कारण पनि दोस्रो बजार बढेको बेला हाइड्रोको सेयरमा उभार आउने गरेको छ।

images
images
images

प्रतिफलका हिसाबल खासै आकर्षण नभए पनि सेयर बजारको खेलोमेलोमा जलविद्युतका सेयर सधैँ चर्चामा हुने गरेको छ। तीनवर्षको अवधिमा पुँजी बजारमा हाइड्रो कम्पनीको सेयर दोबरले बढेको छ। अन्य समूहको सूचक घट्दै जाँदा हाइड्रो समूहको सेयर हिस्सा बढ्दै गएको हो। 

images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष बैशाखसम्म आइपुग्दा पुँजी बजारमा जलविद्युत कम्पनीको सेयर हिस्सा १३.९ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/०७७ मा यस समूहको सेयर हिस्सा ६.७ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा यस समूहको सेयर हिस्सा १०.६ प्रतिशत रहेको थियो। 

images

पुँजी बजारमा सबैभन्दा धेरै सेयर हिस्सा बैंक तथा वित्तीय संस्थाले ओगटेको छ। तर, बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा घट्दा जलविद्युत कम्पनीहरुको सेयर हिस्सा तीनवर्षको अन्तरालमा दोबरले बढेको हो।

images
images

चालु आर्थिक वर्षको बैशाखसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा ६४.७ प्रतिशत रहेको छ। तीनवर्ष अघि वित्तीय संस्थाको सेयर हिस्सा ६९.६ प्रतिशत रहेको थियो। २०७८ को चैतमासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको सेयर घटेर ६६ प्रतिशतमा सीमित रहेको थियो।

उत्पादनमूलक समूहको सेयर हिस्सा घटेको छ। यस तीन वर्षको अन्तरालमामा आइपुग्दा उत्पादनमूलक समूहको सेयर ३.९ प्रतिशत पुगेको छ। जुनकि अघिल्लो वर्ष ४.१ प्रतिशत थियो भने २०७७ चैतमा ३.८ प्रतिशत रहेको थियो। 

होटल तथा पर्यटन समूहको सेयर हिस्सा बैशाखसम्म आइपुग्दा १.९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष ०.८ प्रतिशत रहेको थियो। त्यस्तै ट्रेडिङ समूहको ०.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस समूहको सेयर हिस्सा पनि ०.४ प्रतिशत नै रहेको थियो। २०७७ ०.७ प्रतिशत रहेको थियो।

पुँजी बजारमा लगानीगत समूहको सेयर हिस्सा ६.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष ७.१ प्रतिशत रहेको थियो। त्यस्तै अन्य समूहको सेयर हिस्सा ८.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १०.३ प्रतिशत थियो। 

images

प्रकाशित : सोमबार, वैशाख १८ २०८००१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend