बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ब्रोकर लाइसेन्स वितरण यसै साताबाट, पाउने नपाउने सबै निर्णय २८ गतेभित्र हुने

आइतबार, वैशाख १७ २०८०
ब्रोकर लाइसेन्स वितरण यसै साताबाट, पाउने नपाउने सबै निर्णय २८ गतेभित्र हुने

काठमाडौं- नयाँ ब्रोकर लाइसेन्स वितरणको काम यसै साताबाट सुरु हुने भएको छ। नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरणको कामलाई तीब्रता दिइरहेको छ। बोर्डका अध्यक्ष रमेश हमालका अनुसार यसै सातादेखि लाइसेन्स वितरणको काम सुरु हुनेछ।

बोर्डले २८ गते ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका र मापदण्ड पूरा गरेका सबैलाई लाइसेन्स दिनेगरी प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हमाल बताउँछन्। ४५ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवदेन दिएका थिए। अहिले आवदेन दिएका कम्पनीहरूको कागजात तथा मापदण्डको विषयमा अध्ययन भइरहेको हमालले बताए।

आवेदन दिने कम्पनीको स‌ंख्या धैरे भएका कारणले एक चरणमा लाइसेन्स वितरणमा समस्या भएपछि २ वा ३ चरणमा गरेर मापदण्ड पूरा भएका सबै कम्पनीलाई लाइसेन्स दिने उनले बताए। पहिलो चरणको लाइसेन्स वितरणको निर्णय यसै साता हुने र १५ वटा जतिलाई लाइसेन्स वितरण हुने उनको भनाइ छ। तर बैशाख २८ गतेभित्र सबैको हकमा निर्णय भइसक्ने उनले जानकारी दिए।

'मापदण्ड पूरा गरेका सबैले लाइसेन्स पाउँछन्', हमालले भने, 'कुनै समिति, व्यक्ति वा व्यवसायिक घराना हेरेर लाइसेन्स वितरण हुँदैन। आवेदन दिएका र मापदण्ड पूरा गरेका सबैले ढुक्क भएर बस्दा हुन्छ। लाइसेन्स वितरणमा कुनै चलखेल हुँदैन।'

४५ कम्पनीको आवेदन

नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेको थियो। ३० दिनको समयमा ४५ कम्पनीले आवेदन दिएका थिए। नेपाल धितोपत्र बोर्डले असोज २ गतेदेखि आवेदन माग गरेको थियो। जसमा आवेदन दिने आज असोज ३१ गतेसम्म समय तोकिएको थियो। 

आवेदन दिने कम्पनीहरू आवेदन दिने कम्पनीमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी,एनएमबी सेक्युरिटिज लिमिटेड,सेक्युरिटिज लिमिटेड,प्रोपर्टी बिजार्ड लिमिटेड,सेयरप्रो सेक्युरिटिज लिमिटेड,माछापुच्छ्रे सेक्युरिटिज प्रालि,एनआईसी एसिया सेक्युरिटिज लिमिटेड,सन सेक्युरिटिज प्रालि रहेका छन्। त्यस्तै पाही इन्भेस्टमेन्ट लिमिटेड,मियो सेक्युरिटिज प्रालि,मेगा स्टक ब्रोकर लिमिटेड,एलिट स्टक हाउस,इन्फिनिटी सेक्युरिटिज लिमिटेड रहेको छ। 

इन्डेक्स सेक्युरिटिज लिमिटेड,जेबीएनएल सेक्युरिटिज लिमिटेड,प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे,आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड,एसपीएसबी सेक्युरिटिज लिमिटेड,नबिल सेक्युरिटिज लिमिटेड,शुभकामना सेक्युरिटिज प्रालि,ट्रेडमो सेक्युरिटिज प्रालि,सानिमा सेक्युरिटिज लिमिटेड,आकाशभैरव सेक्युरिटिज लिमिटेड,हिमालयन सेक्युरिटिज लिमिटेड,क्यापिटल हब प्रालि रहेका छन्। 

गरिमा सेक्युरिटिज लिमिटेड,स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड,हातेमालो फानान्सियल सर्भिसेज प्रालि,सीबीआईएल सेक्युरिटिज,इगल स्टक इक्विटी प्रालि,इन्दिरा सेक्युरिटिज प्रालि,ब्ल्युचिप सेक्युरिटिज लिमिटेड,मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड,सनी सेक्युरिटिज कम्पनी लिमिटेड,सजिलो ब्रोकर कम्पनी लिमिटेड लगायत छन्।


प्रकाशित : आइतबार, वैशाख १७ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend