आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

निरन्तर ओरालोमा सेयर बजार

images
images
images
निरन्तर ओरालोमा सेयर बजार
images
images

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजार ओरालोतिर लागिरहेको छ। गएको साता १४.६८ अंकले घटेको बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिर नै लागेको हो।

images
images
images

आइतबार १९.११ अंकले घटेर बजार १८७०.६५ बिन्दुमा झरेको छ। २६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९५ करोड ४३ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ। आइतबार १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। समग्र अर्थतन्त्र नै समस्यामा देखिइरहँदा पुँजी बजारमा पनि निराशा छाइरहेको छ। 

images

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

images
images

गएको साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेको थियो। सोमबार २.७१ अंकले बढेको बजार मंगलबार १७.३६ अंकले बढेको थियो। बुधबार १३.६८ अंकले घटेको बजार बिहीबार २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा झरेको थियो। 

images

प्रकाशित : आइतबार, वैशाख १७ २०८००९:१८

प्रतिक्रिया दिनुहोस