बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

आँखुखोलाले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

आइतबार, वैशाख १७ २०८०
आँखुखोलाले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

कम्पनीले हकप्रद सेयरबापत प्राप्त ९६ करोड रूपैयाँ सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ।

काठमाडौं- आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। बैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। 

कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले हकप्रद सेयरबापत प्राप्त ९६ करोड रूपैयाँ सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ।


प्रकाशित : आइतबार, वैशाख १७ २०८००६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend