बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बुद्ध एयरले ल्यायो नयाँ एटिआर-७२ जहाज; धनगढी, सुर्खेत तथा अन्तरप्रदेश उडान बढाउने योजना

शनिबार, वैशाख १६ २०८०
बुद्ध एयरले ल्यायो नयाँ एटिआर-७२ जहाज; धनगढी, सुर्खेत तथा अन्तरप्रदेश उडान बढाउने योजना

काठमाडौं- निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो। 

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ। ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन्। यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो।
     
नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ। त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने तयारी छ। कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ।


प्रकाशित : शनिबार, वैशाख १६ २०८००९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend