बिहीबार , चैत १५ गते २०८०    
images
images

मन्त्री किरातीले भने - वायुसेवा निगम खाने 'खुम्ले किरा' त मन्त्रीहरू नै पो रहेछन्

'पद जोगाउका लागि शक्तिको ढोका नचाहार्नू होला'

images
images
मन्त्री किरातीले भने - वायुसेवा निगम खाने 'खुम्ले किरा' त मन्त्रीहरू नै पो रहेछन्
images
images

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले 'वायुसेवा निगम खाने खुम्ले किरा' मन्त्रीहरू नै रहेको बताएका छन्। यसअघि नयाँ मन्त्री आएपछि वायुसेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै मन्त्री किरातीले यस्तो आरोप लगाएका हुन्। 

images
images
images

नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्। 'म मन्त्री भएको एक सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ। यति भन्दैमा फेरि निगमको कर्मचारीहरू चै चोखो छन् भन्ने होइन। नागरिक उडड्यनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यवसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउने रहेछन्,' मन्त्री किरातीले भने। 

images

मन्त्री किरातीले आफूलाई भने कामसँग मात्र सरोकार रहेको पनि बताए। 'म वर्ग र जातपात हेर्दिनँ खाली मेरो सम्बन्ध कामसँग हुनेछ। म व्यवहारमा नरम र नीतिमा कठोर मान्छे हो। अरु मन्त्रीलाई जस्तो मलाई पैसा हैन एउटा चक्लेट पनि चाहिँदैन। किनकि मलाई मृत्यु थाहा छ। म मरेपछि जम्माजम्मी पशुपतिमा अलिकति धुँवा बन्छु, त्योभन्दा ठूलो अरु केही हुँदैन। त्यसैले म मरेपछि पनि अजम्बरी हुन चाहान्छु त्यसैले मसँग लोभ छैन। विगत जे भयो अब निगमलाई यसरी टुलुटुलु हेरेर बस्न सक्दिनँ। तपाईंहरूसँग मलाई विश्वास छ। अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छे जस्तै डिस्चार्ज गर्नुपर्छ,' मन्त्री किरातीले भने।

images
images
nigam baithak.jpg

निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न तयार रहेको बताउँदै उनले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने बताए। उनले आफू मन्त्री हुनका लागि जन्मिएको मान्छे नभएको भन्दै पद जोखिममा राखेर भए पनि निगमलाई सुधारेर नै छाड्ने दावी गरेका छन्। 

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिँदै मन्त्रीले भने, 'अब तपाईंलाई यो काम गर्ने अवसर हो। तपाईंलाई कारबाही गर्छु। तपाईंले ककसलाई कारबही गर्ने हो गर्नुस्। यदि काम गर्न सक्नु भएन भने सल्लाह गरेर नै छाडेर जानुस् तपाईंलाई राम्रो ढंगले नै बिदाइ गर्नेछौँ। तर अब तपाईंले काम गर्नुहुन्छ भन्नेमा मलाई आजबाट अलिकति आशा जागेको छ। आज तपाईंले जसरी मुखले प्रतिवद्धता गर्नुभयो सोहीअनुसार काम गर्नुहोला। बाहिर शक्तिको ढोका नचहार्नुहोला राम्रो काममा सधैँ मेरो तपाईंप्रति सहयोग र संरक्षण रहने छ।'

मन्त्री किरातीले निगमको बोर्ड सदस्यलाई समेत बाँकी राखेनन्। 'बोर्डका सदस्यहरूले आज सुविधाका लागि होडबाजी गर्छन् भन्ने सुनेको समेत बताएका थिए। निगमलाई सुधार्छु भनेर राजनितिक नियुक्ति खाने अनि सुविधाको लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो हैन भने पैसा कमाउन व्यापार गरे हुन्छ, सुविधाको लागि झगडा गर्ने बोर्ड सदस्यहरूलाई अब बाँकी राखिन्न,' उनले भने।

मन्त्री किरातीले आफू यो युगको परीक्षामा रहेकोसमेत बताएका छन्। 'म परीक्षामा छु, यो परीक्षामा पास गराउने जिम्मा तपाईंहरूको हो, घडि हेरेर प्लेन हेर्ने होइन निगमको जहाज हेरेर मानिसहरू आफ्नो घडी मिलाउने अवस्था बनाउनु पर्छ' उनले भने। 

images

प्रकाशित : बिहीबार , वैशाख १४ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ