बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजारमा साताभर कारोबार कमजोर, देखिएन सुधारको आधार

बिहीबार , वैशाख १४ २०८०
सेयर बजारमा साताभर कारोबार कमजोर, देखिएन सुधारको आधार

काठमाडौं- सेयर बजार निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको छ। यो साता एकदिन मात्र दोहोरो अंकको वृद्धि देखिएको बजार साताभर कमजोर रह्यो। समग्रमा यो साता बजार १४.६८ अंकले घटेको छ। 

साताको अन्तिम दिन बिहीबार २.२७ अंकले घटेर बजार १८८९.७३ बिन्दुमा पुगेको छ। ६५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७३ करोड ९६ लाख रूपैयाँको मात्र कारोबार भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको थियो। सोमबार २.७१ अंकले बढेर बजार १८८८.३२ बिन्दुमा पुगेको थियो। मंगलबार १७.३६ अंकले बढेर बजार १९०५.६८ बिन्दुमा पुगेको थियो। बुधबार १३.६८ अंकले घटेर बजार १८९२.०० बिन्दुमा झरेको थियो। 

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। 


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend