काठमाडौं- उडान बन्द रहेको चितवनको मेघौली विमानस्थलको रनवे मर्मत गरिने भएको छ। विमानस्थलको रनवे मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागले कम्पनी छनोट गरेको छ।
१ करोड २२ लाख २२ हजार रुपैयाँमा रनवे मर्मतका लागि विभागले कम्पनी छनोट गरेको हो। रनवे मर्मतको जिम्मा अनाम कस्ट्रक्सनलाई दिइएको छ।