बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

विमानस्थलबाट यात्रा गर्दै हुनुहुन्छ? फोटो भिडियो खिच्दा ध्यान दिनुहोस् कारबाहीमा परिएला

बुधबार, वैशाख १३ २०८०
विमानस्थलबाट यात्रा गर्दै हुनुहुन्छ? फोटो भिडियो खिच्दा ध्यान दिनुहोस् कारबाहीमा परिएला

काठमाडौं- नेपाल नगारिक उड्डयन प्राधिकरणले विमानस्थलमा निषेधित क्षेत्र तोकेर फोटो भिडियो खिच्न प्रतिबन्ध लगाएको छ। प्राधिकरणले सबै विमानस्थल तथा एयरलाइन्स कम्पनीहरूलाई सर्कुलर जारी गर्दै फोटो भिडियो खिच्न प्रतिबन्ध लगाउने निर्यण गरेको हो। 

विमानस्थल निषेधित क्षेत्र, वायुयान कपिट जस्ता उडान सुरक्षा तथा हवाई सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील क्षेत्रमा प्राधिकरण, वायुयान सञ्चालन संस्था, अन्य निकायसँग सम्बद्ध कर्मचारी तथा सर्वसाधारणले तस्बिर खिच्ने, भिडियोग्राफि गर्ने र त्यस्ता सामाग्रीहरूलाई फेसबुक, टिकटक, इन्स्टाग्राम, मेसेन्जर, भाइवर, हवाट्स एप जस्ता सामाजिक सञ्जाल लगायतका मिडियाहरूमा राख्ने गरेको भन्दै प्राधिकरणले यसलाई रोक्न सर्कुलर गरेको हो।

आइकाओ अनुसूची १७ अनुसार निषेधित क्षेत्रको फोटो भिडियो प्रतिबन्ध लगाइएको हो। अनुमतिबिना विमानस्थलको निषेधित क्षेत्रहरूमा प्राधिकरण, वायुयान सञ्चालन संस्था, विमानस्थलमा कार्यरत अन्य निकायसँग सम्वद्ध कर्मचारीहरू तथा सर्वसाधारणहरूले कुनै पनि प्रकारका तस्बिर खिच्न तथा भिडियोग्राफी गर्न पूर्ण रुपमा बन्देज लगाउने गरी सर्कुलर जारी भएको छ।

यस्तो छ सर्कुलर

photo.jpg

 


प्रकाशित : बुधबार, वैशाख १३ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend